Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २८ २०८१
  • 1.6K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. माघ २८, २०८१ । ई.सं. 10 Feb, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ सिल्लाथ्व । कालयुक्त उत्तरायण शिशिर । सोमबार माघ शुक्लपक्ष । तिथि पञ्चमी ०९:५८ बजेसम्म, त्यसपछी षष्ठी । नक्षत्र रेवती ०२:२४ बजेसम्म, त्यसपछी अश्विनी । योग सिद्ध ०९:२१ बजेसम्म, त्यसपछी साध्य ०६:१३ बजेसम्म, त्यसपछी शुभ । करण वालव ०९:५८ बजेसम्म, त्यसपछी कौलव १८:२५बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि मीन । आनन्दादि योग मातंग । दिनमान १०:५४ । सूर्योदय ६:५१ । सूर्यास्त १७:४५ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। सहयाेगीकाे मद्दतले सजिलै काम गर्न सकिनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दु:ख पाइनेछ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक जिम्मेवारी प्राप्त हुने समय छ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ। तर पहिलेका चुनौतीहरू कायम रहनेछन्। केही अवसरले पनि पछ्याइरहनेछन्। मिहिनेत गर्दा आंशिक सफलता प्राप्त हुनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्त टाढिनेछन्। सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। परिस्थितिलाई सहज बनाउन सकिनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि खर्चिलाे काम गर्नुपर्ने हुन सक्छ। सापटमा गएकाे धनले समस्या निम्त्याउला। आफ्नो साधनबाट अरूले फाइदा उठाउनेछन्।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि आर्थिक स्थितिमा केही सुधार आउनेछ। स्वास्थ्य भने केही कमजोर नै रहला। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४