Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज ‘रोज डे’, कसरी मनाउने ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २५ २०८१
  • 2.3K
    SHARES

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी ७ मा ‘रोज डे’ मनाइन्छ । यो भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो । रातो गुलाफको फूललाई प्रेमको प्रतीक मानिन्छ । आजको दिनमा प्रेमीले प्रेमिकालाई गुलाफको फूल उपहार दिने चलन छ ।

यस दिनमा मानिसहरू आफ्नो प्रेम व्यक्त गर्न गुलाबको फूल दिन्छन् ।

मायामा परेकाहरूले कसैलाई आफ्नो प्रेम दर्साउन पर्यो भने गाढा रातो गुलाफको फूल दिएर आफ्नो मनको भावना पोख्ने गर्छन् ।

भिक्टोरियन र रोमीहरूले पनि गुलाफले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास रहेको छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ ।

उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

यसरी पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाफलाई प्रेमको प्रतीक मानिएको छ । गुलाफको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्पराले गर्दा नै ‘रोज डे’ मनाइएको हो ।

‘रोज डे’ कसरी मनाउने ?

‘रोज डे’ मा आफ्ना पार्टनर, क्रश, साथी वा परिवारलाई गुलाब दिएर विशेष महसुस गराउन सकिन्छ । यसका साथै एउटा सुन्दर नोट वा प्रेमले भरिएको सन्देश संलग्न गराएर आफ्नो पार्टनरलाई खुसी बनाउन सकिन्छ ।

अहिले सामाजिक सञ्जालहरूमा प्रेमपूर्ण पोस्टहरू शेयर गरेर पनि रोज डे मनाउने चलन भित्रिएको छ । प्रियजनसँग विशेष समय बिताएर पनि राज डे मनाउन सकिन्छ ।

गुलाबका रङहरूको अर्थ

रातो गुलाब – प्रेम र रोमान्सको प्रतीक
सेतो गुलाब – शान्ति र नयाँ सुरुवात
गुलाबी गुलाब – सम्मान र प्रशंसा
पहेँलो गुलाब – मित्रता र खुसी
कालो गुलाब – अलगाव वा बिदाइ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४