Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा चर्को आलोचना गरेपछि प्रचण्डमाथि यसरी प्रस्तुत भए ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २५ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकरसंग भेट गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष गरेका छन् ।

बिहीबार साँझ ओलीले टिकटकर मिस पवि र अंशु वर्मासंग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंगलाई लिएर कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टिकटकरहरु मिस पवि र अंशु वर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकामा धन्यवाद दिए ।

उनीहरुले सरकारले टिकटक पुनः सञ्चालन गरिदिएकाले निर्वाध प्रयोग गरी लाभ लिन सकिएको बताए । साथै भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव दिए ।

प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरु सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाए ।

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ। सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो। उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो,’प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

आज मात्रै संसदमा प्रचण्डले ओलीको चर्को आलोचना गरेका थिए । प्रचण्डले ओली नेतृत्वको सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयकको समेत विरोध गरेका थिए ।

अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४