Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियता झन् खस्कियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २७ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् । दोस्रो स्थानमा रहेको जापानको राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन् ।

तेस्रो स्थानमा रहेका फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउनेछन् । इराक (१०४ औं), सिरिया (१०५ औं) र अफगानिस्तान (१०६ औं) पाकिस्तान (१०३ औँ) भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् । सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।

नेपालको राहदानीको भने वरियता झन् खस्किएको छ । यसअघि नेपालको राहदानी ९८ औं स्थानमा रहेकोमा ३९ अंकसहित १०१ औ स्थानमा रहेको छ । यस वर्ष नेपाल ३९ अर्थात् ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?

यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार वास्तविक–समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसाबिना पनि त्यस देशमा जान सक्ने नीतिलाई आधार बनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४