Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभियोगपत्रमा भनेजस्तो कुनै कसुरमा संलग्न नरहेको रवि लामिछानेको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १२ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” का पार्टी सभापति तथा निलम्बित संघीय सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ । सहकारी ठगि प्रकरणमा पक्राउ परेका लामिछानेको बयान बिहीबारबाट सुरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान करिब ३ घण्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।

रबि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दाएर भएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रवि लामिछानेले बयान दिने क्रममा आफु अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले रबि लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । रबि लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । रबि लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४