Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा रवि लामिछानेमाथिको अनुसन्धान सकियो, अभियोगपत्र पेश हुने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रक्रिया सकेको छ । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान सकिएपछि आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागिएको हो ।

प्रहरीका अनुसार आइतबार अबेरसम्म प्रतिवेदन तयार पार्ने काम गरिएको थियो । आज सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरी कास्की जिल्ला अदालतमा पेश गर्नेछ । अदालतमा प्रतिवेदन पेश भएपछि पुस ५ भित्र अभियोगपत्र दायर गर्ने तयारी छ ।

लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले तोकिएको ९० दिनको अवधिमा काम अघि बढाइरहेको छ । अनुसन्धानका क्रममा उनलाई कास्कीबाट रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्याएर बयान लिइएको थियो । हिरासत अवधि थप गर्नका लागि आजको दिनमात्र बाँकी रहेकाले फेरि चार दिनको म्याद थपिन सक्ने सम्भावना छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहेका बेला लामिछानेमाथि उठेका आरोपहरूका सम्बन्धमा प्रहरी अनुसन्धानले डीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङसमेत संलग्न रहेको पाइएको छ । यी सबै व्यक्तिविरुद्ध पुस ५ भित्र अभियोगपत्र दायर गर्नुपर्ने कानूनी समयसीमा रहेको छ ।

यसअघि संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा अनियमितताका साथ प्रयोग भएको ठहर गर्दै प्रतिवेदन प्रस्तुत गरेको थियो । अब सरकारी वकिलको कार्यालयले प्रमाणहरूको आधारमा अदालतसमक्ष प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४