Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व मेयर सिंहको निधन शोकमा काठमाडौं महानगरले दियो सार्वजनिक बिदा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा महानगरपालिकाले सिंहको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने घोषणा गरेको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिकाको रूपमा घोषणा गर्न नेतृत्व गर्नुभएका पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा निधन भएको छ। उहाँप्रति महानगर परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

  • काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।

तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन प्रकाशमान निवासमै भएको हो ।

सिंहले प्रमुखका रूपमा महानगरपालिकामा गरेका योगदान र समाज सेवामा देखाएको सक्रियतालाई उच्च सम्मान गर्दै आज (२०७८ पुस १ गते) अत्यावश्यक सेवाबाहेक महानगरका सबै कार्यालयहरू बन्द रहने जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४