Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री लेखकको कार्यकालमा रविमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण : कांग्रेस सांसद शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २५ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा यस्तो तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन । अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्छ । न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा प्रहरी हिरासतको लम्बिँदो श्रृङ्खलाले गम्भीर शंका उत्पन्न गरेको छ । यस्तो स्थितिले राज्यप्रतिको विश्वास खस्काउन सक्छ, जुन लोकतान्त्रिक मूल्य मान्यताका लागि हानिकारक छ । यस कारण यस विषयलाई शीघ्र अदालती प्रक्रियामा लगेर समाधान गर्न म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।

कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा अनावश्यक धरपकड गर्ने,बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने जस्ता कार्य स्वीकार्य हुन नसक्ने पनि उनले बताए ।

पूर्वदेखी सुदुरपश्चिम प्रदेशसम्म नि:शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका सांसद डा.शर्मा तलबभत्ता समेत नलिने एकमात्र सांसद हुन् । पैसाको अभावमा उपचार गर्न नपाएका नागरिकहरुको सांसद शर्माले नि:शुल्क रुपमा उपचार समेत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४