Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीलाई प्रदर्शन हुने डर, रवि लामिछानेलाई रातारात पोखरा पुर्‍याइयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २० २०८१
  • 4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले मध्यरातमै पोखरा पुर्‍याइएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधबार अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा पुर्‍याइएको हो ।

चितवनमा रविको बयान ८ बजेसम्म चलेको थियो । बुधबार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा रास्वपा समर्थकहरूले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । त्यसैकारण प्रहरीले रविलाई रातारात पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई आइतबार पुनः म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई बयानकै लागि रुपन्देही, कास्की, काठमाडौं, चितवन पुर्‍याइसकिएको छ भने अब आइतबार साँझ वा सोमबार बिहान पर्सा लगिनेछ ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४