Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको बयान आज पनि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १६ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज पनि जारी छ । गत बिहिबार काठमार्डौ ल्याइएका लामिछानेको आज सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान जारी छ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा सहकारी लिमिटेडेको रकम हिनामिना समबन्धी उजुरीको आधारमा बयान लिइएको हो ।

यसअघि गत शुक्रबार सरकारी वकिलको कार्यालयले प्रहरीको रोहबरमा ४ घण्टा बयान लिएको थियो । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । उक्त सहकारीले ३ हजार बढी बचतकर्ताको २ अर्ब ७४ करोड रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा सहकारीका केही सञ्चालकहरु विरुद्ध मुद्दा दायर गर्नुका साथै सहकारीको रकम रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडियामा लगानी गरी अपचलन गरेको आरोप रविमाथि लागेको छ ।

कास्कीको सुर्यदर्शन, रुपन्देहीको सुप्रिम बचत, कालीमाटीको स्वर्णलक्ष्मी र चितवनको सहारा बचतबाट अरबौं रकम हिनामिना गरी गोर्खा मिडियामा लगानी गरेको आरोप पनि रविमाथि लागेको छ । रविको बयान सकिएपछि उनलाई पुन कास्की फर्काइने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४