Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली असन्तुष्ट, मन्त्री हेरफेर गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ५ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको विषयमा छलफल सुरु भएको छ । ओली र देउवाबीच सरकारका काम कारबाही, समसामयिक राजनीति र उपनिर्वाचनका विषयमा छलफल भएको हो ।

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेको चार महिना पुगेको छ । गत असार ३० मा सातबुँदे सहमतिको जगमा नेपाली कांग्रेस नेकपा एमाले गठबन्धनको सरकार बनेको हो । पछिल्लो समय केही मन्त्रीको काम चित्तबुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ । यस्तोमा नेकपा एमाले र नेपाली कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि प्रधानमन्त्री ओली पनि असन्तुष्ट देखिनुभएको छ । सरकारको कामको आलोचना भइरहेको अवस्थामा नेपाली कांग्रेस सभापति देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कम्तीमा तीन÷तीनजना मन्त्री फेर्ने गरी तयारी थालेको स्रोतको दाबी छ । दुईतिहाइ बहुमत नजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४