Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंसिर ७ को आन्दोलनपूर्वै दुर्गा प्रसाईँका १० समर्थक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ५ २०८१
  • 3.1K
    SHARES

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँका १० समर्थक आन्दोलनपूर्वै पक्राउ गरेको छ । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का १० जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई भक्तपुरमा नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी होबिन्द्रले जानकारी दिएका छन् । मंसिर ७ गते प्रसाईँको नेतृत्वमा काठमाडौंमा विरोध प्रदर्शनको तयारी भइरहेको थियो । सम्भावित हिंसात्मक आन्दोलनको आशंकामा प्रहरीले उनीहरूलाई अग्रिम रूपमा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई हाल भक्तपुर जिल्ला प्रहरी परिसरमा राखिएको छ। उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४