Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी हिरासतभित्रै रास्वपाको ‘आधा घण्टा’ बैठक,के भयो छलफल ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २६ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । सहकारी संस्था ठगि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

यही कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ परेका उनी माथि अनुसन्धानका लागि १३ दिन म्याद थपिएको छ । यसैबीच सोमबार पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डीपी अर्याल,डा.स्वर्णिम वाग्ले,र कार्यवाहक प्रवक्ता मनिष झाको बैठक बसेको बताइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हिरासत भित्रै पार्टीको वैठक बसेको बताएकी हुन् । उनले पोष्ट गरेको भिडिओमा भनेकी छन्,‘आधा घण्टा हिरासतमा पार्टीको बैठक बसेको छ ।’

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापतिसंग आन्तरिक छलफल गरिएको बताए । उनले बुधवार पत्रकार सम्मेलन गरेर आगामी आन्दोलनको बारेमा जानकारी दिइने समेत बताए । त्यसक्रममा आगामी राजनीतिक कदमबारे समेत जानकारी दिइने उनले बताए ।

रास्वपा उपसभापति डीपि अर्याालले भने प्रहरी हिरासतभित्र पार्टीको बैठक नबसेको बताए । सर्वसाधारणकै रुपमा आफुहरु सभापतिलाई भेट्न गएको उनले बताए ।

उनले आफुहरुका लागि कार्यवाहक सभापति गौण कुरा रहेको बताए । दोस्रो चरणको आन्दोलनबारे पर्सीको पत्रकार सम्मेलनमा जानकारी दिइने उनले बताए ।

अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापतिलाई अनावश्यक हिरासतमा राखिएको बताए । उनले न्यायिक अनुसन्धानको आफुहरुले कहिल्यै विरोध नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४