काठमाडौं । नेकपा एमालेका कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनी मानव तस्करीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।
उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैर कानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप लागेको छ ।
नेकपा एमालेले अधिकारीलाई साधारण सदस्यसमेत नरहने कारबाही गरिसकेको जानकारी दिएको छ ।