Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मितेरी सहकारीका ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड नोटिस जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २३ २०८१
  • 1.8K
    SHARES

काठमाडौँ । ललितपुरको मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द बोगटीले केही दिनअघि उनीहरूविरूद्ध रेड कर्नर नोटिस जारी भएको जानकारी दिए।

महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो।

रेड कर्नर नोटिस जारी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।

यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो। ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए।

यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुन्। उनले संसदीय विशेष छानबिन समितिमा पनि बयान दिएका थिए। बयानका क्रममा उनले ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४