Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपामा स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ११ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका निम्ति हिरासतमा राखिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग गरिएको छ ।

रास्वपाले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारीपीडितको ८८ अर्ब रुपैयाँ फिर्तासहितको न्यायका निम्ति निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । ‘आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने । राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने । सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने,’ बैठकको निर्णय नम्बर-३ मा उल्लेख छ ।

स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ‘पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने,’ निर्णय नम्बर-५ मा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४