Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैकल्पिक ट्रयाक खोलेर मन्थली-काठमाडौं आवतजावत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १७ २०८१
  • 1.2K
    SHARES

 काठमाडौँ । मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोसी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।

रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार-चरिकोट-मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ । वर्षाका कारण सुनकोसीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोसीले कटान गरेपछि मन्थली-काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध थियो ।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान १२६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली-काठमाडौंका लागि २०० किलोमिटर यात्रा गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४