Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झ्याप्ले खोलामा गाडीसँगै पुरिएका ९ मृतको पहिचान खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १३ २०८१
  • 3K
    SHARES

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिप शुक्रबार पहिरोमा पुरिएको थियो ।

उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्याङजाको गल्याङ नगरपालिका ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ वर्षीय दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन् । उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन ।

बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको मृत्यु भएको छ । नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४