Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तरकारीमा मनलाग्दी मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १३ २०८१
  • 950
    SHARES

काठमाडौं । बाढी पहिरोको विपत्तीको बीचमा व्यापारीहरुले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् । आज बिहान टुकुचाका केही व्यापारीहरुले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेको एक खुद्रा व्यापारीले बताए ।

नयाँबानेश्वरमा तरकारी पसल सन्चालन गर्दै आएका उनले भने, ‘हिजो पानी परकाले पसल बन्द गरेको एकजना व्यापारीले स्टकमा भएको धनियाँ आज बिहान ३०० रुपैयाँ किलोले बेच्यो । आज बिहान भक्तपुरका किसानले ल्याएको ताजा धनियाँलाई फेरि ५ सय/८ सय रुपैयाँ प्रतिकिलोमा बेचेको देखियो ।’ यसैगरी गोलभेँडा, हरियो खुर्सानी, भिण्डी लगायत तरकारीमा पनि व्यापारीहरुले मनलाग्दी बेचेको उनको भनाइ छ ।

बाटो अवरुद्ध भएकाले नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौं आएको छैन । तर पहिलेदेखि त्यहीँ भएका तरकारीलाई मनलाग्दी मूल्य तोकिएको उपभोक्ताको भनाइ छ ।

कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ । त्यहाँको मूल्य सूचीअनुसार अघिल्लो दिनको तुलनामा लोकल गोलभेँडाको मूल्य आज झण्डै १४२ प्रतिशतले बढेको छ । यसैगरी अरुभन्दा तुलनात्मक रुपमा सस्तो मानिने स्कुसको मूल्यमा पनि हिजोभन्दा आज २११ प्रतिशतले बढेको छ । स्कुसको मूल्य हिजो प्रतिकिलो १७.७६ रुपैयाँ भएकोमा आज ५५ रुपैयाँ छ ।

लौका हिँजो ३५ रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा आज ९५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य हिजोको तुलनामा आज १७१.४३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४