Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चाडबाडको मुखमा आकासियो खाद्यान्न भाउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ६ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । चाडबाडको मुखमा व्यापारीले ‘दाउ हेरेर’ भाउ बढाउन थालेका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् । पछिल्लो एक महिनामा खानेतेलदेखि चामलसम्मको भाउ उच्च दरमा बढेको छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष पवित्र बज्राचार्यका अनुसार चिनीदेखि तेलसम्मको भाउ बढेको छ । यसले चाडबाडको मुखमा उपभोक्तालाई असर गर्ने उनले बताए ।

संघले हरेक १५/१५ दिनमा खाद्यान्न भाउ अद्यावधिक गर्दै आएको छ । जसअनुसार अहिले काँचो तोरी तेल लिटरको २ सय ४० रुपैयाँसम्म पुगेको छ । यसअघि १ सय १५ सम्म झरेको थियो । त्यस्तै भटमासको तेल १ सय २५ बाट बढेर लिटरको २ सय २० रुपैयाँसम्म पुगेको खुद्रा व्यापार संघको मूल्य विवरणमा छ ।

सनफ्लावर तेल १ सय २५ बाट बढेर लिटरको २ सय ४० रुपैयाँ पुगेको छ । डाल्डा घिउ र नेपाली घिउको मूल्यसमेत भारी दरमा बढेको छ । चाडबाडको मुखमा थोक (होलसेल) व्यापारीले मूल्य बढाउँदा बजारमा हरेकजसो खाद्यवस्तुको मूल्य बढ्ने क्रममा रहेको अध्यक्ष बज्राचार्य बताउँछन् ।

तेलमात्र होइन, दालको मूल्यमा समेत पछिल्लो एक महिनामा भारी फरक देखिएको छ । १ सय ४० रुपैयाँसम्म झरेको राजमा किलोको २ सयसम्म पुगेको छ । ९० रुपैयाँमा आएको बोडी १ सय ६० सम्म पुर्‍याइएको छ ।

त्यस्तै सेतो केराउ ६० बाट १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । मुसुरोको दाल किलोको १ सयबाट बढेर १ सय ५० सम्म पुगेको छ । दालका हरेकजसो वस्तुको भाउ बढेको संघले जनाएको छ ।

भारतले अघिल्लो साता वनस्पति तेलको भन्सार बढाएको थियो । भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको थियो । भारतले भन्सार मूल्य बढाए पनि नेपालबाट भारत निर्यात हुने तेलले भने सहज प्रवेश पाउँछ ।

नेपालभन्दा भारतमा राम्रो मूल्य पाउने लोभले ठूला व्यापारीले तेल बजार पठाउन कम गरिरहेको एक अधिकारकर्मी बताउँछन् । ‘चाडबाडकै मुखमा भारतले भन्सार बढायो,’ उनले भने, ‘यसको फाइदा उठाउने धुनमा व्यापारी छन् ।’

संघले बजारका विभिन्न स्थानबाट मूल्य विवरण लिएर त्यसको औसत निकाल्ने गर्छ । सोहीकारण स्थान विशेष यो मूल्यमा केही फरक पर्ने उनी बताउँछन् । मूल्य बढेको भए पनि बजार अभाव भने सिर्जना नभएको उनको भनाइ छ ।

विभागले माग्यो स्टक र मूल्य विवरण

उता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले बजार अनुगमन बढाएको जनाएको छ । तर, मूल्यमा हस्तक्षेप गर्न सकेको छैन । विभागका महानिर्देशक राजन पौडेलका अनुसार विभागले आइतबार तेल उत्पादक तथा आयात गर्ने व्यापारी र फर्मलाई पत्र काटेर स्टल र मूल्य विवरण मागेको छ । ‘अन्य खाद्यान्नभन्दा बढी तेलमा गुनासो आएको छ,’ उनले भने, हामीले बढेको मूल्य कति वैज्ञानिक हो भनेर प्रमाणित गर्न आजै पत्र काटिसकेका छौं ।’

उनका अनुसार विभागले व्यवसायीसँग अहिले नेपालमा रहेको खाने तेल मौज्दात र त्यसको खरिद मूल्य कति हो भनेर मागेको छ । यसले बढाइएको मूल्य कानुन सम्मत भए/नभएको खुल्ने छ । बजारमा बढी मूल्य पठाएको भए कारबाही हुने उनले बताए । ‘भारतले भन्सार बढाएपछि बढी मूल्यमा बेच्न पाइने लोभले स्वदेशी बजारमा बढाएको शंका हामीलाई पनि छ,’ उनले भने, त्यसैले विवरण हेरेर हामी निर्णयमा पुग्छौं ।’

चिनीका सन्दर्भमा सरकारले कोटा तोकेर ल्याएको चिनीको बिक्री मूल्यको माथिल्लो तह १ सय ७ प्रतिकिलो तोकिएको छ । यो चिनी बजार आइसकेका कारण चिनीको मूल्यमा हस्तक्षेप हुने उनी बताउँछन् ।

दालका सन्दर्भमा धेरै गुनासो नआए पनि केराउ आयातमा लगाइएको प्रतिबन्धको असरले स्वदेशी दाल केही महँगो पर्न गएको हुन सक्ने उनको भनाइ छ ।

‘चाडबाडकै मुखमा आएर बढाइएको प्रमाणित भयो भने हामी कडा कारबाही गर्छौं,’ उनी भन्छन्,’ ‘बजारमा अत्यावश्यक उपभोग्य वस्तु अभाव भने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४