Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्पको हत्या प्रयासको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ३१ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ ।

फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत असारमा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली लागेर उनको कानमा घाउ भएको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए । त्यतिबेला केहीबेर आराम गरेर उनी पुनः राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन् ।

उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो ।

अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ । अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको छ ।

ट्रम्पले पनि आफू सुरक्षित भएको भन्दै नडराउन आफ्ना समर्थकलाई आह्वान गरेका छन् । आफूलाई रोक्न खोज्नेहरु जे गर्न पनि तयार भएको भन्दै ट्रम्पले यसविरुद्ध आफ्नो संघर्ष नरोकिने जनाएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनको अर्की उम्मेदवार कमला ह्यारिसले अमेरिकामा हिंसाको कुनै स्थान नभएको प्रतिक्रिया दिएकी छन् । उनले ट्रम्प सुरक्षित भएकोमा आफू खुसी रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४