Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरमा घर र गोठमा आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २१ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले गोपनीयताका लागि भन्दै आगलागी भएको घर र गोठ धनीको नाम भने खुलाएको छैन ।

आज बिहान २ः४० बजेको समयमा घरमा आगो लागेको र त्यो आगो सँगैको गोठमा पनि सल्किएको प्रहरीको भनाइ छ । प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान पौने चार बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट अन्दाजी ५० हजार रुपैयाँ बराबरको एउटा जर्सी गाई र अन्दाजी १० हजार मूल्य बराबरको एउटा बाख्रो मर्दा जम्मा ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी मोहनमणि अधिकारीले बताए । ‘जस्ताले छाएको छाप्रोजस्तो सानो घर–गोठ भएकाले त्यहाँ खासै ठूलो नोक्सान भएन,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४