Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवलपुरमा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १९ २०८१
  • 2.5K
    SHARES

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएको छ ।

नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।

कावासोतीमा स्थापना गरिएको प्रयोगशालाबाट तरकारी तथा फलफूलमा विषादीको जाँच गरिने केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली विकास अधिकृत राजीवदासराज भण्डारीले बताए । कावासोतीस्थित कृषि थोक बजारमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट यस थोक बजारमा दैनिक रुपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने छ ।

थोक बजारमा बिक्रीका लागि विभिन्न स्थानबाट आउने तरकारी तथा फलफूलको परीक्षणसँगै आवश्यकताका आधारमा जिल्लाका अन्य बजार, पकेट क्षेत्रमा उत्पादन हुने तरकारी, सीमा क्षेत्रबाट आउने तरकारी तथा फलफूलको समेत विषादी परीक्षण गरिने वरिष्ठ बाली विकास अधिकृत भण्डारीले बताए ।

कृषि थोक बजारबाट नियमित रुपमा नमुना सङ्कलन गरी मुख्य गरी कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बताए ।

यी विषादी धेरै घातक हुने भएकाले यसको परीक्षण गरिने उनले बताए । नमुना सङ्कलनका लागि आएका तरकारी तथा फलफूलको नमुना लिएपछि बिक्रीमा रोक लगाउने र रिपोर्ट आएपछि मात्र अवस्था हेरी बिक्री गर्न दिइने बाली संरक्षण अधिकृत सुनारले बताए ।

कैफियत देखिए उक्त तरकारी कसैले उपभोग नगरुन् भनेर नमुना सङ्कलनपछि बिक्रीमा रोक लगाइने उनले बताए । प्रत्येक दिन नमुना सङ्कलन गरेको पहिलो पटक आधा घण्टा र त्यसपछि उपकरण नियमित रुपमा चल्ने हुँदा तीन/चार मिनेटमा रिपोर्ट निकाल्न सकिने उनले बताए ।

तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्नेछ । विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय राखेर खानयोग्य र खान अयोग्य भनेर छुट्याइनेछ । परीक्षणका क्रममा तरकारी तथा फलफूलमा खान नहुने गरी विषादी रहेको पाइए त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरिने छ ।

कावासोतीस्थित कृषि थोक बजारमा हप्तामा तीन दिन सोमबार, बुधवार र शनिबार बजार लाग्ने गर्दछ । यसैगरी नवलपरासीमा रहेका थोक बिक्रेताले बाहिरबाट तरकारी तथा फलफूल आयात गरी स्थानीय बजारमा नियमित रुपमा बिक्री गर्ने गर्दछ । जिल्लाका उत्पादन भएका तरकारीसमेत नवलपरासीबाट बाह्य जिल्ला निर्यात हुनेसमेत गर्दछ ।

कावासोतीमा स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट यसअघि परीक्षणका रुपमा नमुना सङ्कलन गरि विषादी जाँच गर्दै आएकामा आजदेखि नियमित रुपमा परीक्षण सुरु गरिँदै छ । विभागको टोलीले आजबाट नियमित रुपमा प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४