Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज, के होला महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १६ २०८१
  • 893
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । भदौ ११ गते बस्ने भनिएको बैठक आज दिउँसो २ बजेपछि बस्ने गरी बोलाइएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्तावले पार्टीमा हलचल ल्याएपछि सहमति खोज्न बैठक सारिएको थियो । पार्टीको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचन देखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले नेपाली कांग्रेसमा विवादित बनि रहेको छ ।

प्रस्ताव परिमार्जनका लागि सभापति शेर बहादुर देउवा आफै सक्रिय बनेका थिए । तीन पटक महामन्त्रीद्वयसँग छलफल भएको थियो । पछिल्लो पटक शनिबारमात्रै बुढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ । अहिले दुवै प्रस्तावमा परिमार्जन सहित पारित गर्ने सहमति भएको एक नेताले जन प्रहारलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४