Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीकृष्ण जन्माष्टमी पर्व र धार्मिक महत्त्व


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १० २०८१
  • 2.5K
    SHARES

काठमाडौं । हिन्दु परम्परा अनुसार नेपालमा धेरै चाड पर्वहरू मान्ने गरिन्छ । यस मध्य श्रीकृष्ण जन्माष्टमी पर्व पनि हिन्दुहरूको विशेष चाडको रुपमा लिइन्छ ।

विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिको दिन कृष्ण जन्माष्टमी मानिन्छ । हिन्दु धर्मावलम्बीहरू लगायत कृष्णका भक्तहरूले यस दिन कृष्णको पूजाआजा गरि मनाउँछन् । उक्त दिन भगवान् श्रीकृष्णको प्रकट भएको मानिन्छ । कृष्ण प्रकट भएको रातलाई मोहरात्री पनि भनिन्छ ।

विशेष गरि थारु समुदायका महिलाहरूले कृष्ण जन्माष्टमी पर्वलाई उत्साहका साथ मनाउने गर्छन् । यस दिन थारु समुदायका महिलाहरू एकविहीनै घरका सदस्यहरूसँग बसी दर खाने गर्छन् । त्यही दरको भरमा महिलाहरू दिनभर अन्न नखाई व्रत बस्ने गर्छन् ।

विभिन्न ठाउँ अनुसार फरक फरक किसिमले मनाइन्छ । कृष्ण जन्माष्टमीमा कृष्णको मन्दिर बनाई बाजा सहित बजार परिक्रम गर्ने गर्छन् । कुनै ठाउँहरूमा भने कृष्णको जन्म सम्बन्धी विभिन्न नाटकहरुद्धारा देखाउने गर्छन् । यसले गर्दा मानिसहरु मनोरञ्जन पनि लिने गर्दछन् । त्यसै गरि कन्या केटाकेटीहरूलाई राधा कृष्णको रुपधारण गराई नाचगान गराउने गरिन्छ ।

अन्य भक्तहरू पनि कृष्ण जन्माष्टमीमा बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर अन्न नखाई पूर्ण रुपमा सात्त्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइ व्रत सम्पन्न गर्छन् ।

भगवान् श्री कृष्ण हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

कृष्ण जन्माष्टमी कस्तो फुल चढाउने ?
महाभारतमा आफ्नो मनपर्ने पुष्पको बारेमा बताउँदै युधिष्ठिर सँग श्रीकृष्णले भनेका छन्, “मलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल अति मनपर्छ ।” त्यसैले कृष्णलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल चढाउँदा उत्तम रहन्छ ।

श्रीकृष्णको पूजा विधि मन्त्र
ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः
यसपछि श्रीहरिको यस मन्त्रो उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊ यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नमः
विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

किन गरिन्छ भगवान् कृष्णको पूजा ?
श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । कृष्ण जन्माष्टमी पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीको मान्यता छ । भनिन्छ– जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।

श्रीकृष्ण जन्माष्टमीमा विभिन्न ठाउँ क्षेत्र अनुसार फरक फरक तरिकाले मनाइने गरिन्छ । समुदाय अनुसार फरक किसिमले जन्माष्टमी उत्सव मनाइन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृङ्गारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४