काठमाडौं । रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्कमा गएराति पहिरोले घर बगाउने दुई जनाको मृत्यु भइको हो ।
रातिको अविरल बर्षाका कारण अधिकांश ठाउमा पहिरो गएर बस्ति नै जोखिममा परेको छ । घरमा बाढी पसेको छ कम्तीमा ४ घर बगाउँदा ११ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जन प्रहार डटकमलाई जानकारी दिएका छन् ।
वर्षाका कारण वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थलसम्म पुग्न समस्या भएको उनको भनाई रहेको छ ।