Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुकुललाई हटाउने तयारी, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक “१० एजेन्डा”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ५ २०८१
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेपछि बस्ने गरी बोलाइएको छ ।

केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेन्डा तय गरेको छ । बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ । बैठकका लागि तय भएको एजेन्डाको नवौँ नम्बरमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनबारे’ लेखिएको छ ।

बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । ष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको कार्यक्रम गर्ने एजेन्डा पनि तय गरिएको छ ।

यी हुन् १० एजेन्डा :-

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदन बारे ।
१०. विविध

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४