Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ३ २०८१
  • 2K
    SHARES

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान करिब सवा ७ बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको थियो ।

वीरबहादुरकी श्रीमती, बुहारी र दुई नातिनीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४