Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित आयुक्तविरुद्ध यौन शोषणको उजुरी, के गर्ला संसदीय सुनुवाइ समितिले ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १४ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने भएको हो ।

उनीमाथिको सुनुवाइ सकिइसकेकाले बिहान साढे ११ बजेपछि बस्ने गरी बोलाइएको बैठकबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

समितिले उजुरी आह्वान गर्दा एक महिलाले प्रधानले आफूलाई यौनशोषण गरेको उजुरी दिएकी थिइन् । त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग छलफल गरेको थियो । साउन ९ गते प्रधानसँग छलफल गरेपछि समितिको बैठक स्थगित गरिएको थियो ।

समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा उजुरीमा उठाइएका प्रश्नको स्पष्टीकरण माग गरे ।

त्यसपछि प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदले आफ्ना शीर्ष नेतासँग छलफल गरेका थिए । आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रहेको समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती) ले जानकारी दिएकी छन् । ‘आजको बैठक एउटा टुंगोमा पुग्ला,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४