Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १४ २०८१
  • 1.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. साउन १४, २०८१ । ई.सं. 29 Jul, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ दिल्लागा । कालयुक्त दक्षिणायन वर्षा । सोमबार श्रावण कृष्णपक्ष । तिथि नवमी २०:२५ बजेसम्म, त्यसपछी दशमी । नक्षत्र भरणी १४:२० बजेसम्म, त्यसपछी कृत्तिका । योग गण्ड २१:५० बजेसम्म, त्यसपछी वृद्धि । करण तैतिल ०९:२६ बजेसम्म, त्यसपछी गर २०:२५बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि मेष । आनन्दादि योग चर । दिनमान १३:२७ । सूर्योदय ५:२६ । सूर्यास्त १८:५३ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउलान्। टाढाका साथीभाइ नजिकिनेछन्।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
सुरुमा राेकिएकाे काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। तर लगानीका रूपमा सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। अध्ययनमा नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। शारीरिक कमजोरीले चिन्ता बढाउला। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। आँटेकाे काम राेकिन सक्छ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला। समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गरिएका व्यवसायमा मनग्य धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४