Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिमलताल दुर्घटना : बेपत्ता बस खोज्न ठूलो चुम्बक प्रयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १२ २०८१
  • 2.9K
    SHARES

काठमाडौं । सिमलताल पहिरोमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि नयाँ प्रयोग थालिएको छ । १५ दिन अघि त्रिशूलीमा खसेर बेपत्ता भएका बस र यात्रुको खोजीका लागि चुम्बकको प्रयोग गरिएको छ ।

भारतबाट १९ किलो र १४ किलोका दुई वटा ठुला चुम्बक ल्याएर खोजी गर्न थालिएको चितवन प्रशासनले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिएको छ । चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइने उनले बताए ।

‘चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’

असार २८ गते बिहान वीरगन्जबाट काठमाडौं जाँदै एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए । गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४