काठमाडाँ । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भने ६ जना बालिकाहरुलाई उद्धार गरेको छ ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेको जानकारी दिएका हुन् ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँ घर भएका ३२ वर्षीय नवीन थापा र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा न. १ घर भएका १९ वर्षीय उज्ज्वल खड्का रहेका छन् ।
नवीन थापा गेस्ट हाउस सञ्चालक हुन् । आर्थिक प्रलोभनमा पारेर गेस्ट हाउस सञ्चालकले वेश्यावृत्तिमा लगाउने गरेको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले जन प्रहार डटकमलाई जानकारी दिएका हुन् । गेस्ट हाउसबाट ब्युरोले ६ जना बालिकाहरुलाई उद्धार गरेको छ । आरोपीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।
उनिहरुलाई ब्युरोले गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र खड्कालाई नियन्त्रणमा लिइएको उनले बताएका हुन् ।