Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवन, पाल्पा र सिन्धुपाल्चोकमा अति भारी वर्षा, मेलम्ची नदीले नाघ्यो सतर्कता तह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ४ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । पछिल्लो चौबिस घण्टामा चितवन, पाल्पा र सिन्धुपाल्चोकमा अति भारी वर्षा मापन भएको छ । चितवनको गोविन्दवस्ती, पाल्पाको बल्ड्याङगढी र सिन्धुपाल्चोकको ढुंगेमा अति भारी वर्षा मापन भएको हो ।

पछिल्लो चौबिस घण्टामा गोविन्दवस्तीमा २१८ मिलिमिटर, पाल्पाको बल्ड्याङगढीमा १२८.६ मिलिमिटर र सिन्धुपाल्चोकको ढुंगेमा ११४ र गोब्रेमा १११ मिलिमिटर वर्षा भएको छ । त्यसबाहेक थुप्रै स्थानमा भारी वर्षा मापन भएको छ ।

भारी वर्षाका कारण मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, तार्के घ्याङ, बोल्दे, ढुंगे, भोटाङ, मानेखर्क, धाप, बाँसखर्क, दुवाचौर, गोब्रे, नवलपुर, बाउनेपाटी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । उक्त क्षेत्र भएर बग्ने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै विभागले तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४