Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको बालकोटस्थित निवासका सुरक्षा प्रमुखको मृत्यु बारे अनुसन्धान गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटमा सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा आज सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएका जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए।

के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्दै उनले शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४