Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८१
  • 2.4K
    SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी)माथि ठगी गरेको आरोप लागेको छ।

२०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका सदस्यले गुनासो गरेका छन्।

ब्लु डायमन्ड सोसाइटी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्ने नेपालको पहिलो संस्था हो। सन् २००८ देखि पिंकी संस्थाको निरन्तर अध्यक्ष छिन्। सन् २००१ मा सुनिलबाबु पन्तले ब्लु डायमन्ड सोसाइटी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरे। सुरुका वर्ष तेस्रो लिङ्गीहरू संस्थाको सदस्य बस्न मानेनन्। पन्तले आफन्तहरूलाई कार्य समितिमा राखेर दर्ता गराएको प्रशासनको रेकर्डबाटै देखिन्छ। पन्त संविधान सभाको सदस्य बनेपछि पिंकी सोसाइटीको अध्यक्ष चुनिएकी थिइन।

सन् २०२४ सम्म पनि अध्यक्षमा पिंकी र उपाध्यक्ष उमेश पाण्डे (उमिशा) नै कायम छन्। उमिशाले अध्यक्ष बन्ने प्रयास गरे पनि पिंकीले रोक्दै आएको समुदायका सदस्यहरू बताउँछन्। उनै अध्यक्ष पिंकी गुरुङले ७ वर्ष अघि रसिद काटेर शेयरका नाममा उठाएको रकम ठगी भएको समुदायका पीडित सदस्यले गुनासो गरेका हुन्। त्यसबखत पिंकी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिइन। ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष भएकै कारण पिंकीलाई नयाँ शक्ति पार्टीले समानुपातिक कोटामा सांसद बनाउने आश्वासन समेत दिएको थियो।

नयाँ शक्ति पार्टीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई वर्ल्ड ट्रेड सेन्टरमा दिएको प्रशिक्षणमा डा.भट्टराई प्रमुख अतिथि थिए। उनले पिंकीलाई समानुपातिक कोटामा सांसद बनाउने आश्वासन डा. भट्टराईले सोही कार्यक्रममा दिएका थिए। अध्यक्ष गुरुङले चुनावी प्रचारसँगै नयाँ शक्ति पार्टीमा आबद्ध हुने समुदायका सदस्यलाई जलविद्युत कम्पनीको शेयर दिने प्रलोभन दिएकी थिइन। हामीले पाउँदैनौ र? भन्ने जिज्ञासामा गुरुङले त्यतिबेला भनेकी थिइन,यो शेयर पत्रकारहरूका लागि होइन। उनले समुदायका सदस्यसँग भने १० हजार देखि दुई लाख रुपैयाँ सम्मको शेयर भिडाएको पीडितहरूले बताए। ब्लु डायमन्ड सोसाइटी अन्तर्गत टंगालमा सञ्चालित कार्यालयका एक सदस्यका अनुसार गुरुङले झन्डै १५ जनाबाट १० हजारदेखि ५० हजार रुपैयाँसम्म उठाएको बताए।

२०७४ सालमा पिंकीलाई नगद बुझाएर रसिद लिएका पीडितहरूले हालसम्म कुनै जानकारी नपाएपछि मिडियामा आउनुपरेको बताए। पिंकीले शेयर परे नपरेको सोधखोज गर्ने पीडितहरूमध्ये केहीसँग रसिद फिर्ता समेत लिइसकेको उनीहरूले बताए। हाम्रो शेयर के भयो भनेर सोध्दा, पिंकीले म बुझेर खबर गर्छ भनेको पनि ४ ५ महिना भइसक्यो,पीडितले भने,अहिलेसम्म शेयर परे नपरेको केही थाहा हुन सकेको छैन। नगदी रसिद फिर्ता लिएका मध्ये केहीलाई भने पिंकीले ब्याज सहित पैसा पाउने आश्वासन दिएको पाइएको छ। पूर्णचन्द्र पौडेलको ५० हजार रुपैयाँको रसिद पिंकीले फिर्ता लगेको रहेछ,अहिलेसम्म पैसा फिर्ता पाएका छैनन्,उनले भने। रसुवाको धुन्चेमा कार्यालय रहने गरी २०७३ सालमा स्थापना भएको विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली. सञ्चालनमा रहे नरहेको नै पत्ता पाउन नसकेपछि आफूहरूले नगद सङ्कलन गर्ने ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङसँग सोधपुछ गरिरहेको पीडितले जानकारी दिए।

गुरुङले समाचार आउँदै केही फरक नपर्ने भन्दै शेयर भरेका केहीलाई ब्याज सहित फिर्ता दिने आश्वासन दिएको पीडितले सुनाए। प्रहरी कार्यालयमा उजुरी गरे राम्रो नहुने धम्की समेत दिएकाले समस्यामा परेको ब्युटी पार्लर सञ्चालन गरेका समुदायका अर्का एक सदस्यले गुनासो गरे। पहिचान मिडियाले अध्यक्ष गुरुङसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरेको छ। तर, उनी सम्पर्कमा आउन चाहेकी छैनन्। उनको फोन नै रिसिभ भएको छैन। हरेक विषयमा सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँछिन् गुरुङ।

तर, समुदायका सदस्यसँग जलविद्युत कम्पनीको शेयर भर्न उठाएको नगद र एउटै दातृ निकायबाट एकै प्रकृतिको काम गर्ने चार वटा संस्थाहरुबीच बनेको स्वार्थको गठबन्धनबारे भने कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन्। कम्पनी रजिस्ट्रारको कार्यालयले विवेकशील आर्दर्श कम्पनी दर्ता भए पनि २०७४ सालदेखि अपडेट नभएको जानकारी दिएको छ। ‘संस्था दर्ता छ,’कम्पनी रजिस्ट्रार कार्यालयले भन्यो,तर २०७४ देखि कुनै विवरण अपडेट गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४