Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८१
  • 3.4K
    SHARES

विकास श्रेष्ठ

काठमाडौं।नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब र सरल विचार भएका मानिसहरूलाई आफ्नो फन्दामा पार्ने गरेको पाइएको छ।

त्यस्तै नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवा भन्दै काठमाडौंको कलंकीमा बालबालिका बेचबिखन गरेको पाइएको छ। काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन भनेर रामसुन्दर महतोले बालबालिको ५ लाखदेखि १५ लाख रूपैयाँसम्म असुली गरेर बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ। उनले केही दिन अगाडी मात्र एकजना अदाजी १७-१८ बर्षकाे महिलालाइ रूपैयाँकाे प्रलाेभन देखाएर बच्चा बेचबिखन गरेर माेटाे रकम बार्गेनिङ गरेपछि साे कुरा बाहिर आएकाे हाे। उनले याे भन्दा पहिला पनि धेरै बच्चाहरू बेचेकाे र उनिहरूकाे अवस्था अहिले राम्राे हुँदै गएकाे भन्दै तपाइहरूले पनि याे बच्चा लिएपछि राम्राे हुनेसम्मकाे ग्यारेन्टी गरेर पैसाकाे बार्गेनिङ गरेकाे स्राेतकाे दाबी छ।

विपन्न घरमा जन्मिएका बालबालिकका अभिभावकलाइ रूपैयाँको प्रलोभन देखाएर बालिकाको किनबेच गर्ने गरेको रहस्य खुलेको छ। विगत १४ बर्षदेखि महतोले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन सेवालाइ देखाएर अवैधानिक ढंगले लामो समयदेखि बालबालिहरूको बेचबिखन गर्ने गरेको पाइएको हो।

सकेमम्म महतोले अस्पताल जान नदिएर आफ्नै सुरक्षित गर्भपतन सेवामै बच्चालाइ जन्माउने र आफैले बेचबिखन गर्ने गरेको स्राेतले जनाएकाे छ। महतोले केही दिन अगाडी मात्र एकजना बालिका बेचेको रहस्य बाहिरिएको थियाे।

महतोले सो बालिकाको मोलतोल गरेर अन्तिममा रूपैयाँको कुरा नमिलेर उनका काला कर्तुहरू बारिएका हुन। उनले बार्गेनिङ गरेको र बच्चाको मोलमोलाइ गरेको उनै रामसुन्दर महताेले पुष्टि गरेका छन्। एकपटक गल्ती भएकाे भन्दै माफि दिन उनकै श्रीमतीले समेत हारगुहार गर्न थालेकी छन्। आफ्नै श्रीमानलाइ यस्ताे काम नगर्न भने पनि अञ्जानमा गरेकाे उनैले बताउने गरेकी छन्।

यो विषयमा सत्य तथ्य पत्ता लगाउन हामीले महतोसँग टेलिफाेन सम्पर्क गर्दा उनले काठमाडाैं बाहिर भएकाे र भेटेर मात्र कुरा गर्न मिल्ने भन्दै अहिले नै समचार प्रकाशित नगरिदिन हारगुहार गरेका छन्।

उनले यो कुरा समाचर लेखेर बाहिर नल्याउन र हामीसँग भएको कुराकानी रेकर्ड नगर्न समेत पटक-पटक आग्रह गरेका थिए। हामीले उनलाइ तपाइसँग कुरा मिल्ने भएपछि किन रेकर्ड गर्नु पर्योत भन्दै विश्वत पारेपछि महतोले आफ्ना कर्तुहरू खाेल्दै हामीसँग एकपटकको लागी माफि दिन पटक-पटक आग्रह गरेका छन्।

तर हामीले फाेनबाट चाहेजति कुरा नपाएपछि अझै केही सूचना लिने आशमा उनिसँग पुन: फोन सम्पर्क गरेर भेटघाट गर्ने् प्रस्ताप गरेपछि महताेले आफु काठमाडाैं बाहिर रहेकाे र आएपछि आफैले सम्पर्क गरेर भेटघाट गर्ने र समाचर भने प्रकाशित नगरिदिन आग्रह गरेका थिए। हामीले पुन: बच्चाकाे कुरा निकालेपछि एकपटक गल्ती भएकाे र अबदेखि यस्ताे गल्ती नगर्ने भन्दै समाचार प्रकाशित नगरि दिन हारगुहार गरे।

उनले यती कुरा थाहा पाएपछि नजिकका साथी भाइदेखि पत्रकारसम्मलाइ समाचार नलेखिदिन भन्दै फाेन गराएर आफुले गरेकाे गल्ती ढाकछाेप गर्न हरेक प्रयास गरिरहेका छन्। महताेले हामीलाइ सूचना दिने स्राेतलाइ समेत फाेन गरेर हारगुहार मागेका छन् भने कहिले हामीलाइ नै फाेन गरेर हरेक कुराकाे पस्ताव गरि रहेका छन्।

त्यस्तै महताेले हरेक पार्टीका नेताहरू चिनेकाे र समाचार प्रकाशित गरे पछि जेपनि हुनसक्ने भन्दै धम्की समेत दिने गरेका छन्। उनले असारकाे पहिलाे हप्ता बच्चा बेचेकाे सूचना पाएपछि हामीले उनकै गर्भपतन सेवामा पुगेर त्याे बालिका कहाँ बेचिन कसले किनेर लियाे भन्ने बिषयमा जिज्ञासा राख्दा उनले खै कता लगे हामीलाइ केही थाहा छैन भन्ने जस्ता झारा टार्ने कुरा गरेका थिए।

याे विषयमा हामीले थप बुझ्न हामीलाइ सूचना दिने स्राेतसँग केही कुराकानी गरेर महताेसँग थप कुराकानी गर्दा उनले सुरूमा केही नगरेकाे भने पनि कुराकानी गर्दै जाँदा उनले एकपटक गल्ती भएकाे र अबदेखि त्यस्ताे गल्ती कहिले पनि नगर्ने बताए। र कानुनी कुरा आफुलाइ केही पनि थाहा नभएकाे सम्म भन्ने गरेका छन्। तर महतोले घुमाउराे तरिकाबाट सबै स्वीकार गरिसकेका छन्,अब सबन्धित निकायले अनुसन्धान गरेर कानुनी कारबाहीको दाहेरामा ल्याउन जरूरी देखिन्छ।

मधेशबाट चप्पल पड्काउदै काठमाडौं छिरेका रामसुन्दर महतो केही बर्षमै एउटा गर्भपतन गराएकै भरमा भक्तपुरको गठ्ठाघरमा कसरी महल लगाउन सफल भए त भन्ने प्रश्न खडा भएकाे छ।

सुरक्षित गर्भपतन १२ हप्तासम्मको मात्र गराउन पाउने कानुनी व्यवस्था भएपनि महतोले १८ हप्तासम्मको गर्भपतन गराउने गरेको आफैले बताउने गरेका छन्। उनले आफुसँग १८ महिनासम्मको गर्भपतन गराउन पाउने बताउदै आएका छन्। यसरी अवैधानिक तरिकाबाट गर्भपतन गराउन असाध्यै असुक्षित मानिन्छ यस्ता अवैधानिक काम गर्ने जोकोहीलाइ कानुनी कारबाही गर्न सबन्धित निकायले जरूरी देखिन्छ।

बालिका बेचबिखन नेपालको प्रमुख समस्या हो। यसका कारणहरू भनेको गरिबी प्रमुख कारण हो। हाम्रो देशमा धेरैजसो मानिसले रोजगारी नपाएकाले पैसा कमाउन सक्दैनन् र अरूको प्रलोभनमा परेर बालबालिका बेचबिखनमा पर्ने गरेका छन्।

सरकारले तस्करलाई कारबाही गर्न कुनै कडा कदम चाल्दैन,त्यसैले तस्करहरू यस्तो कार्यमा सक्रिय भइरहन्छन्। त्यसैले यो समस्या समाधान गर्न सरकार, नागरिक र सम्पूर्ण सरोकारवाला निकाय लाग्नु जरूरी जस्तै भएकाे छ। बालबालिका बेचबिखनमा लाग्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४