काठमाडौं । सत्ता समीकरण हुने भएपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक डाकेको छ ।
आजै साँझ देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने तयारी भइरहेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
नेपाली कांग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।
विपक्षी दलहरूलाई सरकारमा सहभागी हुन आग्रह गर्नका लागि बैठक बोलाइएको ती नेताले बताए ।