Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८१
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।

परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि बोर्डको वेबसाइट www.see.gov.np बाट फाराम लिन सकिनेछ । ग्रेडबृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्ने बोर्डले उल्लेख गरेको छ ।

बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । नतिजाअनुसार यो वर्ष नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थिए ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

हेर्नुहोस् तालिका :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४