Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँ : श्रममन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८१
  • 1.6K
    SHARES

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका छन् । उनले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको बताए ।

उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए ।

उनले भने – ‘फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआईकन बजारमा चलेको हुन्छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ । गर्नु नै छ । त्यसकारणले अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ ।

त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिकहरू जो विदेश जानुभएको छ, उहाँहरूमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ । त्यसको विषयमा काम गरिरहेको म जानकारी गराउन चाहन्छु । हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडि नागरिकहरू ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

उनले हरेक वर्ष करिब १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरू ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४