Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८१
  • 2.2K
    SHARES

काठमाडौं । सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?, आज यस्तै प्रश्नबाट घेरिए सभामुख देवराज घिमिरे ।

भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी यहाँका विद्यार्थीहरूले एकै स्वरमा उनलाई प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् ?

जवाफमा सभामुख घिमिरेले भने, ‘संसद्‍मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन् ।

यति जवाफले विद्यार्थीको चित्त नबुझेको भेउ पाएपछि थप प्रष्ट पार्दै उनले प्रतिनिधिसभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताए ।

संसद् भवनभित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ । यसको पालना गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने ।

यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उनले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताए । ‘शिक्षा विधेयक संसद्‍मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ, यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ । विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन, हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ’, उनले भने ।

यो प्रसङ्गलगत्तै फेरि विद्यार्थीले सोधे, ‘कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला ?’ जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सृजना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए ।

‘राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ । मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ’, उनले भने ।

सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकारसम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराए ।

विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत शनिबार संसद्को अभ्यास गरेका थिए । सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिषवचन्द्र गौतमले शिक्षामन्त्रीको भूमिका निर्वाह गरेका थिए ।

उनीहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिएका थिए । संसद्‍मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसद्को अभ्यास गरेको बताए । यसबाट विद्यार्थीको नेतृत्व विकासमा योगदान पुग्नुका साथै जिज्ञासा मेटाउन सहयोग पुगेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४