Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठले २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले प्रतिष्पर्धा गर्ने बताए । ‘म नेपाली कलाकारिता र कलाकारप्रति उच्च सम्मान गर्दछु । त्यसैले यो क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेको हुँ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

अवार्ड आयोजक टिममा अभिनेता शिव श्रेष्ठ, अभिनेता सुनील थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटवाल र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छ । अवार्डको सहप्रायोजकमा अमेरिकामा रहेको लेइट ल अफिसका प्रमुख रवी सिह बस्नेत, सोनामी एलएलसीका प्रमुख नारायण सोनामी,राजपुत एलएलसीका प्रमुख सुजीत सिंह तथा सिन्धुपाल्चोक समाज, एलएलसी क्यालिफोर्निया छ्न ।

पत्रकार सम्मेलनमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरियो । अभिनेत्रीत्रय भुवन चन्द, वसुन्धरा भुसाल, चैत्य देवी, अभिनेता नीर शाह, शिव श्रेष्ठ, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक सदस्य समेत रहेका र संस्थाका कार्यक्रम ब्यब्सथापक को जिम्बेवारी प्राप्त व्यक्ति श्री सोम लामाले संयुक्त रुपमा समाजको उद्घाटन गरे ।

संस्थाका ब्यबस्थापक श्री सोम लामाले आफूहरुले संसारभर छरिएर बसेका सिन्धुपाल्चोकबासीलाई एकत्रित गरी समाजसेवाको कार्यलाई तीव्रता दिनका लागि समाज गठन गरेको बताए । र आगामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने बचनबद्धता समेत ब्यक्त गर्नु भयो |

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४