Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसँग को-को जाँदैछन् मोदीको शपथमा ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २६ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण स्वीकृत गरेको छ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने तयारी भइरहेका बेला मन्त्रिपरिषद्‌ले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

शपथ कार्यक्रमका लागि मोदीले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएका थिए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री दाहालको नेतृत्वमा टोली जाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । भारत जाने टोलीको पनि टुंगो लागिसकेको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णु गौतम छन् । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालसहितको टोली आइतबार भारत जाने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४