Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेससहितको नाराबाजीकाबीच ‘राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता प्रस्ताव’ स्वीकृत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ८ २०८१
  • 3.1K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

नेपाली काँग्रेससहितका विपक्ष दलहरूको बेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा पेस गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

सभामुख देवराज घिमिरेले भने ‘सो प्रस्तावको पक्षमा बहुमत भएकाले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।

नेपाली काँग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४