Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वास गुमाउँदै गएका प्रधानमन्त्री प्रचण्डले फेरि पाउलान् विश्वासको मत ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ७ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिँदैगर्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भनेका थिए( ‘यस्तै हो भने प्रचण्डजीले १२/१३ पटक विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ ।’

उनले भनेको जस्तै प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत लिँदैछन् । १४ महिनामै तेस्रो पटक विश्वासको मत लिएका प्रचण्ड निरन्तर संसद्को विश्वास गुमाउँदै आएका छन् । झण्डै शतप्रतिशत मतदेखि सकसको बहुमतसम्म पुग्दा प्रचण्डले धेरै उथलपुथल गरिसके । सुशासनको नारा लगाएर नथाक्ने प्रचण्डको पक्षमा रहेको विश्वासको वातावरण बिस्तारै गुम्दैछ ।

प्रधानमन्त्री प्रचण्डले सुरुमा विश्वासको मत प्राप्त गर्दा अचम्मको स्थिति देखिएको थियो । त्यतिबेला उनले शतप्रतिशत मत पाएका थिए । तर, उनलाई अहिले पटकपटक विश्वासको मत लिनु परिरहेको छ । उसो त, उनले पटक(पटक गरेर विश्वासको मत लिँदा सत्ता संकटलाई नजिकबाट नियाल्ने मौका पाइरहेका छन् । उनलाई चौथो पटक विश्वासको मत पाउने आधार देखिएपनि ढुक्क हुने अवस्था भने अझै बनेको छैन ।

प्रचण्डलाई जसपा नेपाल विभाजनको आरोप समेत लागेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने काम प्रचण्डको इसारामा भएको आरोप मात्रै लगाएका छैनन्, समर्थन नै फिर्ता लिई सकेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रचण्डलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसकै कारण प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । के प्रचण्डले चौथो पटक पनि विश्वासको मत पाउँछन् ? यसको जवाफको लागि आजको संसद बैठक नै कुर्नुपर्छ ।

उसो त, प्रधानमन्त्री प्रचण्ड जतिपटक विश्वासको मत लिनुपरे पनि विश्वासको मत पाउने दाबी गर्छन् । शनिबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले घटबढ भइरहेपनि विश्वासको मत पाउने दाबी गरे ।

‘अहिले चौथोपटक विश्वासको मत लिनुपरेको हुनाले यो पाँचौँ, छैटौँपटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ, तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनु पर्दैन,’ उनले भने, ‘कहिले अलि बढ्छ, कहिले अलि घट्छ । घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एकपटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र योपटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुबिधामा छैन, तपाईँहरू पनि दुबिधामा पर्नु पर्दैन ।’

सर्वोच्च पुगे उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेपछि त्यसको विरुद्ध सर्वोच्चमा रिट परेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिको सर्वोच्चको आदेशलाई आधार मान्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठन भएको दल जसपाका ७ सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने र अन्य संसदीय कामकारबाहीमा सहभागी हुन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको हो । यसबाट प्रधानमन्त्रीलाई थप संकट पर्न सक्छ ।

यस्तो छ संसदीय अंकगणित
प्रचण्ड नेतृत्वको सरकारसँग नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन कायम छ । यसमा पनि नागरिक उन्मुक्ति पार्टीबीचको विवाद साम्य हुन नसकेका कारण यो पार्टीबाट कति सांसदलाई जोड्ने भन्ने विषय नै अन्योलमा छ ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा एमालेका ७८ सांसद, नेकपा माओवादी केन्द्रका ३२ सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद, नेकपा एकीकृत समाजवादी पार्टीका १० सांसद, जनता समाजवादी पार्टीका ७ र नागरिक उन्मुक्ति पार्टीका ४ (दुई सांसद अस्पष्ट) सांसद छन् । यी सबै दलका सांसदको जम्मा संख्या १५२ हुन्छ ।

यो संख्याका सांसदले विश्वासको मत दिए प्रचण्डलाई सरकार जोगाउन गाह्रो छैन । तर, प्रतिनिधिसभाका २७५ मध्ये १३७ सांसदले बहुमत पुग्ने भएकाले बहुमत बल्लतल्ल पुगेपनि प्रचण्डले विश्वासको मत फेरि लिनुपर्ने स्थिति र कमजोर बन्दै गएको प्रचण्डको सत्ता कति लम्बिएला ? चासोको विषय मात्रै होइन, अस्थिरताले मुलुकमा दुर्गामी असर कति पारिरहेको छ सोचनीय विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४