Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ५ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताउनुभएको हो । उहाँले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उहाँलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताउनुभयो ।

सांसद महतले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताउनुभयो । उहाँले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उहाँको भनाई छ ।

‘गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ । त्यसो हुनाले छानबिनको दायरामा सबै आउनुप¥यो उहाँ लगायत । उहाँको पनि आउनुप¥यो । जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस् । यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरि पनि राखेको छ । अब त्यो विषय पनि संसदीय छानबिन समितिले नै हेरोस् । रविजी शक्तिमा पनि हुनुहुन्छ । जिम्मेवारीमा पनि हुनुहुन्छ । त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ । त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग ग¥यौँ । होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो । त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुप¥यो ।’ सांसद महतले भन्नुभयो ।

सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै काँग्रेसको कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । उहाँले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताउनुभयो ।

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताउनुभएको हो । उहाँले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उहाँलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताउनुभयो ।

सांसद महतले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताउनुभयो । उहाँले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उहाँको भनाई छ ।

‘गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ । त्यसो हुनाले छानबिनको दायरामा सबै आउनुप¥यो उहाँ लगायत । उहाँको पनि आउनुप¥यो । जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस् । यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरि पनि राखेको छ । अब त्यो विषय पनि संसदीय छानबिन समितिले नै हेरोस् । रविजी शक्तिमा पनि हुनुहुन्छ । जिम्मेवारीमा पनि हुनुहुन्छ । त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ । त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग ग¥यौँ । होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो । त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुप¥यो । सांसद महतले भन्नुभयो ।

सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै काँग्रेसको कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । उहाँले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४