Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ नोटले समस्या निम्त्याउने चिन्ता, के गर्नुपर्थ्यो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २८ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गर्‍यो । ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटमा १०० रुपैयाँ दरको नोटमा मात्रै नेपालको नक्सा अंकित छ । राष्ट्र बैंकले कुनै पनि नोटको साइज र डिजाइन परिवर्तन गर्नुपर्दा सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार १०० रुपैयाँ दरको नोटमा चुच्चे नक्सा अंकित गरेर छाप्न डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले राष्ट्र बैंकलाई मन्त्रिपरिषद्ले नयाँ नोटमा चुच्चे नक्सा प्रयोग गर्ने स्वीकृति दिएको हो ।

तर सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।

शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् । ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरले भने ।

नेपालमै विरोध
सयको नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति नेपालमै विरोध भएको छ । निर्णयलाई भारतले मान्यता नदिएको खण्डमा नेपाली अर्थतन्त्रमै असर पर्ने भन्दै अर्थतन्त्रका जानकार एवं कुटनीतिज्ञहरूले असहमति जनाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहाकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले खुलेरै नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको विरोध गरेका छन् । ‘नेपालको संविधान देशभित्र मात्रै लागू हुने हो । तर नेपाली रुपैयाँका नोट छिमेकी भारतसँगको सीमावर्ती इलाकामा पनि प्रचलनमा छन्,’ नेपाल भन्छन्, ‘नेपालको तराई र सीमा क्षेत्रमा नेरु र भारु खुला रूपमा चलनचल्तीमा छन् । नेपाली १०० रुपैयाँमा अब चुच्चे नक्सा हुने बित्तिकै त्यो भारतीय सीमावर्ती बजारमा नचल्ने सम्भावना हुन्छ ।’

नेपालमा भारतका ५०० भन्दा सानो दरका नोटहरूलाई मान्यता दिइएको भए पनि भारतले नेपाली नोटहरूलाई भारतमा चलनचल्तीको मान्यता दिएको छैन । जसकारण भारतले १०० दरका नोटसँगै अरू दरका नेपाली नोटहरूको प्रयोगमा पनि सीमावर्ती क्षेत्रमा कडाइ गर्नसक्ने जोखिम हुने नेपाल बताउँछन् । ‘हामीले पहिले नयाँ नक्साबारे अन्तर्राष्ट्रिय स्वीकार्यता बढाउनुपर्थ्यो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४