Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २८ २०८१
  • 2K
    SHARES

काठमाडौं । आज अक्षय तृतीया मनाइँदैछ । अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।

ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ । राशिफल अनुसार यस दिन कुन-कुन धातु किन्ने जानौं :-

  • मेष राशि : यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन सुन र तामाको धातु किन्नु पर्छ ।
  • वृष राशि : यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदी र सुनको सिक्का किन्नु पर्छ ।
  • कन्या र मिथुन राशि : यी राशिका व्यक्तिहरूले अक्षय तृतीयाको दिन काँसाको धातु किन्नु पर्छ ।
  • तुला र कर्कट राशि : यी राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदीको धातु किन्नु पर्छ ।
  • सिंह राशि : ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ । अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले तामाको धातु किन्नुपर्छ ।
  • वृश्चिक राशि : यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन तामाको धातु किन्नु पर्छ ।
  • धनु राशि : अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले सुनसँगै काँसाको धातु किन्नु पर्छ ।
  • मकर राशि : यस राशिका व्यक्तिका लागि स्टिल तथा फलामका सामान खरिद गर्नु शुभ मानिन्छ । यस बाहेक तपाई आफ्नो आवश्यकता अनुसार सुनका गहना पनि किन्न सक्नुहुन्छ ।
  • कुम्भ राशि : अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले फलामको धातु किन्नु पर्छ । यसबाहेक चाँदी र सुन धातु लिन सकिन्छ ।
  • मीन राशि : अक्षय तृतीयाको दिन मीन राशिका व्यक्तिले काँसाको धातु किन्नु शुभ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४