Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा सीप मेला आयोजना हुने, एक महिनामा २०८१ जनालाई रोजगारी दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १९ २०८१
  • 2.8K
    SHARES

काठमाडौँ । काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ ।

काठमाडौँ । महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा वैशाख १९ गतेबाट सो मेलाको आयोजना गर्ने भएको हो । मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन् । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन् ।

उपमेयर डंगोलले भनिन् ‘सीप मेला । सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तीमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं । त्यो उद्देश्य स्वरूप सीप मेला भने भोली शुभारम्भ हुँदैछ । र त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरूलाई सीपसँग जोड्नुपर्छ । र सीपलाई भने श्रमसँग जोड्नुर्छ । र श्रमलाई बजारसँग जोड्नुपर्छ । यसरी जोड्दै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं । र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं ।

मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४