Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १२ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।

पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।

स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवर्द्धनका कामसमेत हुन नसकेको बताउछन् । ‘यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ’, उनले भने ।

पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानेले पनि झरना यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (तीन सय ६५ मिटर) भन्दा अग्लो रहेको बताए । यो झरना चार सय १५ मिटर अग्लो रहेको उनको भनाइ छ ।

‘गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो’, न्यौपानेले भने, ‘पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो । जसले पर्यटन प्रवर्द्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।

गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।

‘नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ’, अध्यक्ष शाहीले भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४