Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहसका लागि गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसको निम्तो, तोक्यो ठाउँ !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २१ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि तयार हुन आग्रह गरेको छ । गृहमन्त्रीले कांग्रेससँग खुला छलफलका लागि तयार भएको तर्क गरेपछि कांग्रेसले संसद्‌मा जवाफ फर्काएको हो ।

बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई संसदीय समितिमा बहस गर्न चुनौती दिएका हुन् । ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस गर्नका लागि ठाउँ निर्धारित गर्न चाहन्छु,’ उनले भने, ‘नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई निमन्त्रण गर्न चाहन्छु ।’

उनले गृहमन्त्री लक्षित अकबर र बिरबलको कथाको प्रसंग पनि उठाए । ‘प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दोष हुनुहुन्छ । अरू सांसद्ले पनि भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ । अकबर र बिरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् । गृहमन्त्रीलाई निर्दोष साबित गर्न पाउने हक छ, त्यो दिउँ । यसको लागि संसदीय छानबिन समिति बनाऔँ,’ शर्माले भने ।

उनले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताए । ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं,’ महामन्त्री शर्माले भने, ‘प्रमुख प्रतिपक्षको सहमति बेगर  कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति “प्रस्ताव” आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४